PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कैलालीमा प्लाज्मा थेरापीमार्फत उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको मृत्यु



एम बम

कैलालीमा प्लाज्मा थेरापीमार्फत उपचार गराइरहेकी कोरोना संक्रमित महिलाको मृत्यु
फाइल फोटो : नेपाल आर्मी।

कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। धनगढी उप-महानगरपालिका वडा नम्बर ५ की ५७ वर्षीया महिलाको बुधवार साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने गम्भीर खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना गरिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

गम्भीर लक्षण देखिएपछि उनको प्लाज्मा थेरापीमार्फत उपचार गरिए पनि असफल भएको उपचारमा संलग्न चिकित्सक डा नीराजनदत्त शर्मा पौडेलले बताए। उनको उपचारमा रेमडेसिविर औषधि समेत प्रयोग गरिएको थियो।

‘उनमा मधुमेहको समेत समस्या थियो’, डा शर्माले भने, ‘कोभिड निमोनियाका कारण फोक्सोमा समेत समस्या देखिएको र कृत्रिम श्वासप्रश्वासबाट उनको उपचार सम्भव भएन।’

योसँगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell