PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

उपत्यकाको निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म निरन्तर, जोर बिजोर प्रणाली यथावत



पहिलोपोस्ट

उपत्यकाको निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म निरन्तर, जोर बिजोर प्रणाली यथावत
फाइल फोटो

काठमाडौँः कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेसँगै उपत्यकामा निषेधाज्ञा यथावत राखिएको छ। असअघि जारी गरिएको आदेश बुधबार राति सकिँदै थियो। स्थानीय प्रशासनले सूचना प्रकाशन गरेर असोज १ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचना अनुसार यसअघि लागू हुँदै आएको सार्वजनिक तथा निजी सवारी साधनको जोर बिजोर प्रणाली यथावत राखिएको छ। अत्यावश्यक सेवा र ढुवानीका साधनको हकमा नियम लागू हुने छैन। 

यस्तै, भेला, जुलुस, जात्रा, महोत्सवलाई निषेध नै गरिएको छ। शैक्षिक संस्था बन्द नै रहनेछन्। मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पाः लगायत पनि बन्द नै रहने सूचनामा उल्लेख छ। 

सरकारले भने असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, आन्तिरक हवाइ उडान र होटल रेष्टुराँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमित दिएको छ। 

के के’मा छ निषेध?


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell