PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

मूल्यवृद्धिको गुनासो आएपछि ग्राहक बनेर बजार अनुगमनमा निस्किए मन्त्री भट्ट, किने २० केजी प्याज



रासस

मूल्यवृद्धिको गुनासो आएपछि ग्राहक बनेर बजार अनुगमनमा निस्किए मन्त्री भट्ट, किने २० केजी प्याज

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार बुधवार बजार अनुगमनमा निस्किए। कोरोना भाइरस (कोभिड १९) का कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफै बजार अनुगमनमा निस्किएका हुन्।

उनका स्वकीय सचिव हितेश ओझाका अनुसार अनुगमनका क्रममा मन्त्री भट्ट बुधवार कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेका थिए।

‘मन्त्रीसमक्ष बिहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि उहाँ आफै झण्डाबिनाको गाडी लिएर तरकारी पसलमा जानुभयो’, उनले भने, ‘ग्राहक बनेर मन्त्रीले करिब २० केजी प्याज समेत किन्नुभयो। मन्त्रीलाई कसैले चिनेनन्।’

बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्री पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारबाही गर्न निर्देशन समेत दिएका उनका स्वकीय सचिव ओझाले बताए।

उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज बिक्री गर्ने पसललाई कारबाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ। अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका छन्। चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell