PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

कुलमानको समर्थनमा अनामनगरमा निकालियो मसाल जुलुस

कुलमानको समर्थनमा अनामनगरमा निकालियो मसाल जुलुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्युत प्राधिकरणबाट मंगलवारमात्र बिदा भएका निवर्तमान प्रबन्ध निर्देश कुलमान घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ। सरकारले कुलमानलाई प्राधिकरणमा पुन: नियुक्त नगरेको भन्दै विभिन्न संघसंस्थाहरुले विरोध गरेका हुन्।

यसैक्रममा हनड्रेड्स ग्रुपले काठमाडौंमा घिसिङलाई प्राधिकरणमा दोहोर्‍याउनुपर्ने मागसहित मसाल जुलस निकालेको छ। अनामनगर क्षेत्रमा युवाहरुले मसाल जुलुस निकालेका हुन्। प्रहरी पुग्ने बित्तिकै युवाहरु सडकमा मसाल छाडेर भागेका थिए।

बुधवार दिँउसो‍ घिसिङको समर्थनमा माइतीघरमा समेत प्रदर्शन गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell