PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई नेपाल भलिबल संघको राहत



पहिलोपोस्ट

कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई नेपाल भलिबल संघको राहत

काठमाडौं : नेपाल भलिबल संघले कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई राहत वितरण शुरु गरेको छ। संघले कोरोना महामारीको झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो।

संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको छ। संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्वय सलिना श्रेष्ठ र उषा भण्डारी तथा बिच भलिबलका राजु बिकलाई राहत सहयोग गरेको हो।

कोरोना महामारीबाट अन्य सबै क्षेत्रजस्तै खेलकुद पनि प्रभावित छ। खेलकुद गतिविधि नहुँदा खेलाडी र उनका परिवार समस्यामा पर्न थालेका छन्। सोही अवस्थालाई मध्यनजर गर्दै संघले राहत वितरणको कार्यक्रमलाई अघि बढाएको हो।

राहत समितिका संयोजक तथा नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के तथा संघका सचिव तथा समितिका सह–संयोजक मनविर छन्त्यालले सलिनाको निवास दक्षिणकाली नगरपालिका टौदह र उषाको निवास टोखा नगरपालिका नयाँ बसपार्कमा पुगेर राहत हस्तान्तरण गरेका हुन्। यस्तै, संघले गृह जिल्ला बाग्लुङ रहेका बिच भलिबलका राजु बिकलाई उनकै खातामा आर्थिक सहयोग पठाइसकेको संयोजक मास्केले बताइन्।

‘राष्ट्रिय स्तरका सबै खेलाडीको तथ्यांक संकलन गरिरहेका छौँ। अति आवश्यक देखिएकालाई पहिलो चरणमा तत्काल राहत उपलब्ध गराएका हौँ। संकटमा परेका सबै खेलाडीलाई राहत उपलब्ध गराउने योजना छ,’ मास्केले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell