PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मुख्यमन्त्री शेरधन राईकी पत्नी दाबी गर्ने बालिकाले फिर्ता लिइन् मुद्दा, अदालतमा भनिन्, ‘अरुको उक्साहटमा अंश मागेँ'



पहिलोपोस्ट

मुख्यमन्त्री शेरधन राईकी पत्नी दाबी गर्ने बालिकाले फिर्ता लिइन् मुद्दा, अदालतमा भनिन्, ‘अरुको उक्साहटमा अंश मागेँ'

काठमाडौँः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग पत्नीको नाता कायम गरी अंश दिलाउन माग गर्दै बालिका खड्काले दायर गरेको अंश मुद्दा फिर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मुख्यमन्त्री रहेका राईविरुद्ध नेकपाकै कार्यकर्ता बालिकाले गत फागुन १६ गते सो मुद्दा दायर गरेकी थिइन्। 

बादीले नै दाबी प्रमाणित गर्न नसक्ने भइ मुद्दा फिर्ताका लागि इजलासमा निवेदन दिएको भन्दै अदालतले माग अनुसार प्रक्रिया अघि बढाएको हो। न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मुद्दा फिर्ताको अनुमति दिएको हो। 

बालिकाले मुद्दा फिर्ताका लागि बुधबार नै निवेदन दिएकी थिइन्। 

निवेदनमा उनले राईसँग श्रीमान् श्रीमतीको नाता कायम गर्ने कुनै पनि प्रमाण आफूसँग नभएको पनि उल्लेख गरेकी छिन्। नाता कायम हुन नसक्ने अवस्थामा आफूले दायर गरेको मुद्दा फिर्ता लिने पनि निवेदनमा उनले उल्लेख गरेकी छिन्।  

निवेदनमा भनिएको छ, ‘सम्मानित जिल्ला अदालतमा दर्ता गरेको फिराद पत्रमा उल्लेखित व्यहोरा म आफू अरुको दुरुत्साहनमा परी विपक्षी शेरधन राईकी श्रीमती भनी दाबी गरी अंश माग गरिएको हो।’

मुख्यमन्त्री राईले भने आरोप मिथ्या र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताउँदै आएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell