फ्रेन्च लिगवान अन्तर्गत गएराति भएको खेलमा मेट्जलाई हराउँदै सिजनको पहिलो पहिलो जित निकालेको छ। सिजनको पहिलो खेलमा लेन्स र दोस्रो खेलमा मार्सेलीसँग पराजय भोगेको पीएसजीले गएरातिको खेलमा १-० को संघर्षपूर्ण जित निकाल्दै लिगमा अंक जोडेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो। दोस्रो हाफमा पीएसजीका डिफेन्डर अबडोउ डियाल्लो रातो कार्ड खाँदै बाहिरिए। उनले ६५ औं मिनेटमा निआनलाई तानेपछि बाहिरिँदा पीएसजी दश खेलाडीमा सीमित भएको थियो। खेलको अतिरिक्त समयमा जुलियन ड्राक्सलेरले गोल गर्दै टोलीको पहिलो जित सुनिश्चित गरे।

नेइमारलाई दुई खेलमा निलम्बन
पीएसजीका ब्राजिलियन स्ट्राइकर नेइमार भने दुई खेलमा निलम्बन भोग्दै खेलमा उत्रिएनन्। मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउकोमा प्रहार गरेका उनी अघिल्लो खेलमा रेडकार्ड खाँदै बाहिरिने खेलाडी मध्येका एक थिए। पछि उनले अल्भेरोमाथि रंगभेदी गाली गरेको आरोप लगाएका थिए। गोञ्जालेजले भने उनको आरोप अस्वीकार गर्दै आएका छन्।
फ्रेन्च फुटबल अथोरिटीले त्यसबारे अनुसन्धान हुने जनाएको छ।
नेइमारसँगै रेडकार्ड खाने अरु खेलाडीले पनि निलम्वन भोगेका छन्। जसमा पीएसजीका डिफेन्डर लेइभिन कुर्जावाले ६ खेलको निलम्वन भोगका छन्। त्यस्तै पीएसजीको लिओनार्दो परेडिजले पनि २ खेलमा निलम्वन व्यहोरेका छन्।
उता मार्सेलीका जोर्डन अमाभीले ३ खेल तथा डारियो बेनेट्टोले १ खेलमा निलम्वन ब्यहोर्ने भएका हुन।
परम्परागत राइभल पीएसजी र मार्सेलीका खेलाडीहरुको झगडा भएको अघिल्लो खेलपछि पीएसजीले आफ्ना खेलाडीलाई बलियो सपोर्ट गर्ने बताएको थियो भने मार्सेलीले रंगभेदको आरोपमा अल्भेरोको बचाउ गर्दै अल्भेरो रंगभेदी नभएको र उनले क्लबमा प्रवेश गरेयता आफ्ना साथीहरुसँग गरेको व्यवाहारले यसको पुष्टी गर्न तर्क अघि सारेको थियो।
