PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

उपत्यकामा आजदेखि मोडालिटी फेरिएको निषेधाज्ञा : यस्ता छन् प्रावधान



पहिलोपोस्ट

उपत्यकामा आजदेखि मोडालिटी फेरिएको निषेधाज्ञा : यस्ता छन् प्रावधान

काठमाडौं : कोरोना भाइरसको संक्रमण बढिरहेकै क्रममा काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ। आजदेखि लामो दुरीका बस संचालन सुरु भएको छ।

काठमाडौंभित्र भने यातायातमा जोर विजोर कायमै राखिएको छ। तर, अत्यावश्यक सेवा र कार्यालयका हकमा भने जोर विजोरको कुनै व्यवस्था लागू नहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रस्ट पारेको छ।

आजबाट होटल, रेस्टुराँहरु खुला गर्न दिने भए पनि भोजभतेर, जात्रा, महोत्सव, जुलुस लगायतका भिड हुने गतिविधिमाथि भने रोक नै लगाइएको छ। त्यसैगरी कुनै पनि धार्मिक तथा साँस्कृतिक स्थलमा कायम रहेको निषेधाज्ञा जारी राखिएको छ। शैक्षिक संस्था बन्द यथावत नै छ।

सबैखाले सभा तथा गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, मनोरञ्जनका गतिविधि, खेलका गतिविधि, पुस्तकालय, संग्राहलय लगायतका क्षेत्रमा पनि निषेधाज्ञा यथावत राखिएको छ।

आजबाट लामो दुरीका बस भने संचालनमा आउने छन्। बसमा एक लहरमा मात्र यात्रु रहने व्यवस्था गरिएको छ भने भाडादर पनि ५० प्रतिशत महँगो हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell