PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

म्याक्सवेल र केरीको शतकमा तेस्रो खेलमा इङ्ग्ल्याण्डमाथि अस्ट्रेलियाको जित, सिरिज पनि अस्ट्रेलियालाई



पहिलोपोस्ट

म्याक्सवेल र केरीको शतकमा तेस्रो खेलमा इङ्ग्ल्याण्डमाथि अस्ट्रेलियाको जित, सिरिज पनि अस्ट्रेलियालाई

इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको ओडिआइ सिरिज अन्तर्गत गएराति भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको छ। गएराति म्यान्चेस्टरमा भएको खेलमा इङ्ग्ल्याण्डलाई ३ विकेटले हराउँदै अस्ट्रेलियाले सिरिज २-१ ले जितेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३०२ रन बनायो। जेसन रोय र जोए रुटलाई शुन्य रनमै गुमाएको इङ्ग्ल्याण्डको सुरुवात राम्रो हुन सकेन। इङ्ग्ल्याण्डका लागि जोन्नी बेइस्ट्रोले सर्वाधिक ११२ रनको शतकीय पारी खेल्दा साम बिलिङ्सले ५७ रन तथा क्रिस ओक्सले अभिजित ५३ रनको महत्वपूर्ण योगदान दिए। त्यस्तै कप्तान इयोन मोर्गनले २३ रन बनाउँदा टोम करनले १९ रन जोडे।

यता अस्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जाम्पाले ३/३ विकेट लिँदा प्याट कमिङ्सले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले दुई बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पार गर्‍यो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले १०८ रन तथा एलेक्स केरीले १०६ रनको शतकीय पारी खेल्दै टिमको स्कोर उकासे। त्यससबाहेक डेभिड वार्नरले २४ रन जोडे।

इङ्ग्ल्याण्डका लागि क्रिस ओएक्स र जोए रुट्सले २/२ विकेट लिँदा जोफ्रा आर्चर र आदिल राशिदले १/१ विकेट लिए।

तेस्रो खेलमा जित निकालेसँगै अस्ट्रेलियाले सिरिजमा पनि २-१ ले जित हातपारेको छ। यसअघि सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले १९ रनले जित निकालेको थियो भने दोस्रो खेलमा इङ्ग्ल्याण्डले २४ रनको जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell