काठमाडौः गण्डकी प्रदेशमा थप २३ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको हो। कास्कीमा ४, गोरखा २, बाग्लुङ् ४, तनहँ १ र नवलपरासीमा १२ जनामा संक्रमण देखिएको हो।
पोखरा महानगरपालिका -१५ का २९ बर्षीय पुरुष र बाग्लुङ, बाग्लुङ नगरपालिकाका तिनैजना पुरुषहरु गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए। बाँकी सबै कन्ट्रायक ट्रेसिङबाट पहिचान भएका मानिस हुन्। गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार २ सय १ पुगेछ।
