PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

लामो दुरीको यातयात खुल्दा नारायणगढ मुग्लिनमा भने पहिरोले बाटो ठप्प



रासस

लामो दुरीको यातयात खुल्दा नारायणगढ मुग्लिनमा भने पहिरोले बाटो ठप्प

चितवन : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४:३० बजे पहिरो खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ। पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। पहिराका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन्। बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो। सो सडकमा सोमवार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell