काठमाडौं : पछिल्लो समय अनुसन्धानमा नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको माग ह्वात् बढेको छ।
जघन्य अपराधदेखि अन्य घटना तालिम प्राप्त कुकुरको अनुसन्धान सफल भएपछि कुकुरप्रतिको विश्वसनीयता झनै बढेको हो।
काठमाडौँको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कुकुरलाई एक वर्षसम्म तालिम दिने गरिन्छ। त्यसपछि अनुसन्धानमा खटाइने गरिन्छ। नेपाल प्रहरीमा सबैभन्दा धेरै जर्मन सेफर्ड जातका कुकुरहरु रहेका छन्। यो जातका कुकुर लागू औषध, हातहतियार, विस्फोटक पदार्थ, सुरक्षा गस्ती लगायत सबै विधामा उपयोग हुन्छन्।
त्रिभुवन विमानस्थलमा समेत कुकुरको प्रयोग हुँदै आएको छ। लागूऔधको अनुसन्धानमा कुकुरको प्रयोग गरिँदै आएको छ।
