काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना भाइरस पुष्टि भएको छ।
हिजो ४ सय ६९ जनाको थ्रोट स्वाब संकलन गर्दा ६९ जनामा पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानको माइक्रो बायोलोजी ल्याबमा भदौ ३१ गते संक्रमित भएका ५ सय ५० जनाको परीक्षण गर्दा ५ सय २७ जनामा रिपिट पोजेटिभ देखिएको थियो।
अहिलेसम्म प्रतिष्ठानमा उपचार गराएका २८ जना कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ। अस्पतालमा अहिलेसम्म ७ सय ७६ जना संक्रमित भर्ना भएकोमा ७ सय ११ जना ठीक भएर फर्केका छन्।
