विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन्।
बुधवार तेस्रो पटक स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको पीसीआर परीक्षणमा आज नेगेटिभ नेगेटीभ रिपोर्ट आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे कोरोना संक्रमणमुक्त भएका हुन्।
भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि सेल्फ आईसोलेसनमा बसेका मन्त्री घिमिरेलाई गत भदौ १५ गते पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यस्तै भदौ २६ गते दस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पुन पोजेटिभ आएको थियो।
सेल्फ आइसोलेसनमै बसेर कोरोनामुक्त भएका मन्त्री घिमिरेको सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ।