PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पाकिस्तानमा फ्लोअर्स बढाउन टिकटक स्टारले पतिको मृत्युको फेक भिडियो राखेपछि…



पहिलोपोस्ट

पाकिस्तानमा फ्लोअर्स बढाउन टिकटक स्टारले पतिको मृत्युको फेक भिडियो राखेपछि…

टिकटकमा फ्लोअर्स बढाउन पाकिस्तानमा एक महिलाले आफ्नै पतिको मृत्युको फेक भिडियो हालेर भ्रम फैलाएकी छन्। भिडियोले टिकटकमा चर्चित रहेका उनका पतिको मृत्युको भ्रामक खबर फैलायो।

टिकटक स्टारको नाम आदिल राजपुत हो। आदिलकी पत्नीले (नाम स्पष्ट छैन, पाकिस्तानी मिडियामा फराह राजपुत र हिना सलीम उल्लेख गरिएको छ) मृत्युको भिडियो राखिन्। आदिलको टिकटकमा २६ लाख फ्लोअर्स छन्।

जियो न्यूजका अनुसार आदिल राजपूत पञ्जाब प्रान्तस्थित राशिदाबाद शहरमा बस्छन्। आदिल आफ्नो भिडियो कलाले टिकटकमा लोकप्रिय छन्। उनका २६ लाख फ्लोअर्स छन्। मंगलवार साँझ आदिलका फ्यानका लागि एउटा दु:खद खबर आयो। उनकी पत्नीले रुँदै एक भिडियो शेयर गरिन्। जसमा भनियो कि आदिलको कार दुर्घटनामा मृत्यु भयो। मृत्युको खबर सुनेर आदिलका फ्यान, आफन्त र शुभचिन्तकहरु केही बेरमै शोक व्यक्त गर्न उनको घर अगाडि जम्मा भए।

सामाजिक सञ्जालका माध्यमबाट यो खबर आगोको रफ्तारमा फैलियो। केही मस्जिदबाट पनि आदिलको मृत्युको खबर घोषणा गरियो।

मृत्युको खबर जसरी फैलिँदै थियो, त्यसैगरी फ्यानहरु आदिलको घर पुग्ने क्रम बढ्दै गयो। यसैबीचमा आदिल पनि भीड नजिक पुगे। उनी भीडमा पुगेपछि मृत्युको फेक भिडियोको रहस्य खुल्यो। फ्यानहरुले सत्य थाहा पाए।

आदिलकी पत्नीले पतिको फ्लोअर्स बढाउनका लागि यो नाटक रचेकी थिइन्। अब फ्यानहरुले ती महिलाविरुद्ध आफूहरुको भावनासँग खेलवाड गरेको भन्दै उजुरी दर्ता तथा कारवाहीको माग गरिरहेका छन्।

पाकिस्तानमा पछिल्लो समय टिकटक र युट्युबमा पनि प्रतिबन्धको माग उठिरहेको छ। यो घटनाले उक्त मागमा आगोमा घ्यु थप्ने काम गरेको छ।

यसअघि सरकारले चिनियाँ सामाजिक सञ्जाल एप वीबोलाई प्रतिबन्धन लगाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell