PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको शपथ ४ बजे



पहिलोपोस्ट

राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको शपथ ४ बजे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यको शपथ आजै लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेको जानकारी प्राप्त भएको संसद सचिवालयले जनाएको छ ।

गौतमलाई साँझ ४ बजे शपथ ग्रहण गराउने तयारी भएको संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए। गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ ग्रहण गराउने छन्।

सोमवारको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति सिफारिस गरेको थियो।

गत फागुनदेखि रिक्त पदमा गौतम मनोनित भएका हुन्। राष्ट्रपतिले मनोनित गर्ने एक सदस्य पद तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell