PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

चुनावी प्रचारमा टिभी सिरिज? जोय विडेन बन्दै जिम केरी



पहिलोपोस्ट

चुनावी प्रचारमा टिभी सिरिज? जोय विडेन बन्दै जिम केरी
Photos : Reuters

अभिनेता जिम केरीले अमेरिकाका पूर्व उपराष्ट्रपति जोय विडेनको भूमिका निर्वाह गर्ने भएका छन्। एनबीसीमा प्रसारण हुने कमेडी टिभी सिरिज 'स्याटर्डे नाइट लाइभ'को विशेष अंकमा केरी विडेन बनेर प्रस्तुत हुन लागेका हुन्।

विडेन नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रजातन्त्रिक पार्टीबाट डोनाल्ड ट्रम्पको प्रतिद्वन्द्वी हुन्।

अक्टोबरदेखि स्याटर्डे नाइट लाइभको ४६ औं सिजन सुरु हुँदैछ। इन्डियन एक्सप्रेसले जनाए अनुसार जिम केरीसँगै एलेक बाल्डविन, माया रुडोल्फले क्रमश: डोनालड ट्रम्प र कमला ह्यारिसको भूमिका निर्वाह गर्नेछन्।

कमेडी टिभी सिरिजको आउँदो सिजन अमेरिकामा हुने राष्ट्रपति निर्वाचनलाई मनोरञ्जनात्मक हुने जनाइएको छ। कोरोना भाइरस संक्रमणका कारण निर्माण प्रक्रिया रोकिएको सिरिज अप्रिलमा 'स्याटर्डे नाइट लाइभ एट होम' नामसहित प्रसारण भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell