PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललितको अपरेसन गरियो, स्वास्थ्य अवस्था स्थिर



पहिलोपोस्ट

दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललितको अपरेसन गरियो, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं : दुर्घटनामा परेर घाइते भएका ललितसिंह भण्डारीको आज मुख्य अपरेसन सम्पन्न भएको छ। अपरेसनपछि उनको अवस्था अहिले स्थिर रहेको क्रिकेट खेलाडी संघ नेपालले एक विज्ञप्तिमार्फत जनाएको छ।

भण्डारीको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डे र उनको टिमले अपरेसन गरेको थियो। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।

‘पाँच घण्टामा क्रिकेटर ललितसिंह भण्डारीको शल्यक्रिया गरेर सहयोग गर्न पाएकोमा हामीलाई धेरै आनन्द मिलेको छ। अब उनलाई आउने दिनमा हुने क्रिकेट म्याचहरुका लागि तयार गर्नुपर्छ।जीआइएच टिम र शुभचिन्तकलाई धन्यवाद,’ उनले भने।

 

झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि भण्डारीलाई धनगढी रिफर गरिएको थियो। त्यहाँ उनको निसर्ग अस्पतालमा उपचार भएको र सोमवार दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय भण्डारीसँगै उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell