PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

डेढ घण्टा ढिलो गरी बस्यो मन्त्रिपरिषद बैठक, नियमित एजेण्डामा छलफल



पहिलोपोस्ट

डेढ घण्टा ढिलो गरी बस्यो मन्त्रिपरिषद बैठक, नियमित एजेण्डामा छलफल

काठमाडौं: मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक साढे २ बजे बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

१ बजेका लागि बैठक तय भएको भए पनि ढिलो गरी मात्रै सुरु भएको हो। आजको मन्त्रिपरिषद् नियमित बैठक भएको थापाले बताए। नियमित बैठक भएकाले नियमित एजेण्डामा छलफल भइरहेको उनको भनाई छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीबीच सहमति भएपछि मन्त्रिपरिषद पुनर्गठन बारे चर्चा भए पनि हालसम्म पुनर्गठन भएको छैन।

युवराज खतिवडाले अर्थमन्त्रबाट राजीनामा दिएपछि अर्थ मन्त्रालय खाली छ भने सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell