PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’ बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा



पहिलोपोस्ट

नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’ बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा

काठमाडौं : राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा देखाइने भएको छ। ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो।
यससँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ। यसअघि नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो।

‘वाइड एंगलः एसियन सर्ट फिल्म’ अन्तर्गत् प्रतिस्पर्धामा १० एसियाली फिल्म छन्। नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशको फिल्महरु छानिएका हुन्। विजेताले ‘सोन्जि अवार्ड’का साथै १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछ।

नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको जुलुङ्कगोका निर्माताहरु र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङक) हुन्।

मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैभित्र राखेर घरायसी काममा सिमित राख्नुपर्ने बाध्यता नै जुलुङ्गोको कथावस्तु हो। पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ। बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कूल जानबाट बञ्चित किशोरीको कथा हो जुलुङ्गो।

‘बालदिवसको विशेष कार्यक्रमका लागि नृत्य प्रशिक्षण लिँदालिँदै कक्षाकोठाबाटै आमाले हात समाएर नानीलाई घर फर्काएपछि उसको पढ्ने सपना निमोठिन्छ। त्यसपछि एकातिर बालदिवसको चर्को नारा घन्किन्छ भने आर्कोतिर नानी आफ्नो परिवारको लागि खेतमा पसिना बगाउन बाध्य हुन्छे’, निर्देशकले राजेशले बताए।

फिल्मलाई शिशिर बिसांखेले खिचेका हुन्। त्यस्तै असिम खनालको सहायक निर्देशन रहेको जुलुङ्गोमा किरण श्रेष्ठको सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन रहेको छ।
फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell