PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण



एम बम

सुदूरपश्चिममा थप ५६ जनामा कोरोना संक्रमण

कैलाली : सुदूरपश्चिममा बिहीवार थप ५६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ३३ जनाको कोरोना परीक्षण भएकोमा २२ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका १६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनले धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ का ६ जना, वडा नम्बर ५ र  १३ का एक/एक जना र वडा नखुलेका एक जनामा कोरोना पुष्टि भएको बताए।  यस्तै कैलालीको गौरीगंगा नगरपालिका–६ र भजनी नगरपालिकाका–५ तीन/तीन जना र गोदावरी नगरपालिका–४ का एक जनामा कोरोना पुष्टि भएको उनले बताए।

यस्तै कञ्चनपुरको पुर्नवास नगरपालिका–५ का चार जना, महाकाली नगरपालिका–२  र बेलौरी नगरपालिकाका एक/एक जनामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ। १७६ जनाको कोरोना परीक्षण भएकोमा ३४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले २९ पुरुष र ५ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।

उनका अनुसार अछामको साफेबगरका १७ जना, डोटीको शिखर नगरपालिकाका ८ जना, डोटीकै दिपायल सिलगढी नगरपालिकाका ५ जना र डोटीकै केआइसिँह गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय १५ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell