भारतमा रक्षामन्त्री राजनाथ सिंहले देशको हितमा जस्तोसुकै कदम उठाउन तयार रहेको बताएका छन्।
पूर्वी लद्दाखसहित विभिन्न ठाउँमा चीनसँग देखिएको सीमा विवादबारे बिहीवार राज्यसभामा जानकारी गराउँदै रक्षामन्त्री सिंहले भने, ‘देश हितमा चाहे जतिसुकै ठूलो वा कडा कदम उठाउन परोस, भारत पछि हट्ने छैन। भारत न त आफ्नो शिर झुक्न दिन्छ न त अरुको शिर झुकाउन चाहन्छ।’
सिंहले भारत हरेक कदम उठाउन तयार रहेको र सेनाको पुरै तयारी रहेको पनि जानकारी गराए। ‘हाम्रा जवानहरुको हौसला बुलन्द छ। यो साँचो हो कि लद्दाखमा हामी एक चुनौतीसँग जुधिरहेका छौं। तर, हामी चुनौतीको सामना गर्नेछौं। हामी देशको शिर झुक्न दिनेछैनौं। हाम्रा जवान चिनियाँ सेनासँग आँखामा आँखा मिलाएर उभिएका छन्। सदनबाट उनीहरुको यो हौसलालाई बढाउने सन्देश दिनुपर्छ,’ उनले भने।
Speaking in the Rajya Sabha https://t.co/aWRjvb8cZ3
— Rajnath Singh (@rajnathsingh) September 17, 2020
रक्षामन्त्री सिंहले भारत द्विपक्षीय सम्बन्धलाई विकसित गर्दै सीमाको समस्यालाई समाधानतर्फ लान वार्ता सम्वाद गर्न चाहेको पनि उल्लेख गरे।
राज्यसभामा सिंहले १५ जुनमा गलवान घाटीमा मारिएका २० जना सैनिकलाई पनि सम्झिएका थिए।
