PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अब वामदेव पनि सांसद : शपथमा खोले मास्क, खुल्यो मुस्कान

अब वामदेव पनि सांसद : शपथमा खोले मास्क, खुल्यो मुस्कान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उनलाई शपथ खुवाएका हुन्। बर्दिया १ बाट प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित गौतम पटक पटकको प्रयासपछि राष्ट्रिय सभाका सांसद बनेका हुन्।

शपथ कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबाहेक अधिकांश शीर्ष नेताहरु सहभागी थिए।

वामदेवलाई बधाई दिन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका उपनेता सुभाष नेम्बाङ लगायत पुगेका थिए।

शपथअघि मास्क लगाउँदै संसद सचिवालय पुगेका उनले शपथको समयमा मास्क खुलेका थिए। शपथपछि वामदेवको मुस्कान खुलेको देखिएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेकी थिइन्।

सोमवारको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति सिफारिस गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell