PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कोभिड-१९ अपडेट: ५० जिल्लामा १२४६ संक्रमित, बागमतीमा ६३ प्रतिशत, उपत्यकामा मात्रै ५० प्रतिशत



पहिलोपोस्ट

कोभिड-१९ अपडेट: ५० जिल्लामा १२४६ संक्रमित, बागमतीमा ६३ प्रतिशत, उपत्यकामा मात्रै ५० प्रतिशत

काठमाडौं : पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालाबाट गरीएको १० हजार ६४१ नमुना परीक्षणका क्रममा ४२८ महिला र ८१८ पुरुष गरी एक हजार २४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ।

हाल १६ हजार २४१ सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। बुधवारको तथ्यांकमा सक्रिय संक्रमितको संख्या १६ हजार २४२ थियो। पछिल्लो २४ घण्टामा १ जना सक्रिय संक्रमित घटेका छन्।

पछिल्लो २४ घण्टामा १ हजार २४६ जना संक्रमित पहिचान हूँदा एक हजार २४३ संक्रमित संक्रमण मुक्त भएका छन्। त्यस्तै ४ जनाको मृत्यु पुष्टि भएको छ।

उपत्यकामा ६१८ जना संक्रमित

यसैबीच पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा मध्ये ६१८ जना काठमाडौं उपत्यकाका छन्। जुन नेपालमा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्येको ४९.५९ प्रतिशत हो।

संक्रमण पुष्टि भएका मध्ये ५०७ जना काठमाडौं जिल्लाका हुन्। जुन नेपालमा थप संक्रमितको ४०.६९ प्रतिशत हो। काठमाडौंमा पछिल्लो २४ घण्टामा १६४ महिला र ३४३ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै भक्तपुरमा २९ महिला २१ पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुर जिल्लामा ३१ महिला र ३० पुरुष गरी ६१ जनामा संक्रमण पुष्टि भएको छ।

बागमतीका १३ जिल्ला मध्ये १२ मा संक्रमण

यसैबीच  पछिल्लो २४ घण्टामा बागमती प्रदेशका १३ जिल्ला मध्ये  १२ जिल्लामा संक्रमण पुष्टि भएको छ। रसुवा बाहेकका जिल्लामा ७९५ जनामा संक्रमण पुष्टि भएको छ। जनु कुल संक्रमित पहिचान भएकाको ६३.८० प्रतिशत हो।

संक्रमण पुष्टि भएका मध्ये चितवनमा४९ महिला र ५२ पुरुष गरी १०१ जना र मकवानपुरमा १५ महिलार ४८ पुरुष गरी ६३ जना रहेका छन्।

त्यस्तै प्रदेश १ मा १६२ जना नयाँ संक्रमित पहिचान भएका छन्। जसमध्ये मोरङका ९४ जना छन्। मोरङमा २१ महिला र ७३ पुरुषमा संक्रमण पुष्टि हुँदा सुनसरीमा १८ महिला र ३६ पुरुष गरी ५४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै प्रदेश २ मा ८७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये २१ जना महिला छन्। प्रदेश ५ मा ७८ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेश ५ मा ३२ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको छ।

सुदुरपश्चिम प्रदेशमा ७० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यहाँ २१ महिला र ४९ पुरुषमा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा ४२ जनामा स्क्रमण पुष्टि भएको छ। जसमध्ये १३ जना महिला छन्। त्यस्तै कर्णाली प्रदेशमा ५ महिला र ७ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको छ।

३ महिला १ पुरुषको मृत्यु

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टा ३ महिला र एक पुरुष गरी ४ जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु भएका मध्ये मोरङका ६४, चितवनका ३६ र कैलालीका ५७ वर्षकी महिलाको मृत्यु भएको छ। त्यस्तै काठमाडौंका ८७ वर्षका पुरुषको पनि मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell