सुर्खेत : कर्णाली प्रदेशमा एकै दिन एक सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिवार थप एक सय १४ जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या तीन हजार २४ पुगेको हो।
नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगरका ४५ जना, लेकबेसी नगरपालिकाका तीन, भेरीगंगा नगरपालिकाका आठ, पञ्चपुरी नगरपालिकाका दुई, चौकुने गाउँपालिका एक, गुर्भाकोट नगरपालिकाका दुई, सिम्ता गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, दैलेखको दुल्लु नगरपालिका र महाबु गाउँपालिकाका दुई/दुई, आठविस नगरपालिका, चामुण्डाविन्द्रसैनी, नारायण नगरपालिका, डुंगेश्वर गाउँपालिका, गुराँस गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी, जाजरकोटको जुनिचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका दुई/दुई जना, नलगाड नगरपालिका र कुसे गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
यसअघि सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको डोल्पा र हुम्लामा समेत संक्रमित थपिएका छन्। डोल्पाको मुड्केचुला गाउँपालिकाका दुई र नारायणपुरका एक गरी तीन जनामा संक्रमण देखिएको हो। त्यस्तै, हुम्लाको खार्पुनाथ गाउँपालिकाका एक जना पुरुषमा समेत संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
कालिकोटको सान्नित्रिवेणी गाउँपालिका, खाडाचक्र नगरपालिका, महाबै गाउँपालिका, रास्कोट नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ। जुम्लाको गुठिचौर गाउँपालिकाका, रुकुमपश्चिम मुसिकोट नगरपालिका र सल्यानको शारदा नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, कर्णालीमा गरिएको परीक्षणमा कैलाली लम्किचुहा नगरपालिकाका दुई, टिकापुर नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ। बाँकेको कोहलपुर नगरपालिकाको एक र खजुरा गाउँपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ।
बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ भने, कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाका दुई जना र अछाम तुर्माखाद नगरपालिका र साँफेबगर नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।
कर्णालीमै परीक्षण गरिएका मध्ये पाल्पाको बेगनास नगरपालिका, रोल्पाको सुनिलस्मृती गाउँपालिका र सर्लाही इसापुर गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।
दैलेख अस्प्तालमा परीक्षण गरिएकोमध्ये चामुण्डाविन्द्रासैनी नगरपालिकाका पाँच र ठाँटीकाँध गाउँपालिकाका चार गरी नौ जनामा संक्रमण पुष्टि भएको छ।
बिहिवार संक्रमण पुष्टि भएका संक्रमित सहित कोरोनाका सक्रिय बिरामी तीन सय ८९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २८ जना निको भएर डिस्चार्ज भएका छन् भने कर्णालीमा निको भई डिस्चार्ज हुनेको जम्मा संख्या दुई हजार ६ सय ३३ पुगेको छ।