काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा एक महिलाको मृत्यु भएको छ।
ललितपुर निवासी ६६ वर्षीया कोरोना संक्रमित महिलाको बिहीवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी गत मंगलवारदेखि नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचाररत थिइन्।
