PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

राखेपमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर



पहिलोपोस्ट

राखेपमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर
भण्डार प्रमुख सुजन खतिवडालाई पत्र हस्तान्तरण गर्दै सदस्य–सचिव रमेशकुमार सिलवाल (दायाँ)। तस्बिर: राखेप

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो।

आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ। सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उनी यसअघि पनि भण्डार शाखामै थिए।

इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनेका छन्। कार्की १३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिवालयमा थिए। उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो।

त्यस्तै, शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन्। उनी पनि सोही शाखामा थिइन्। सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि पद खाली थियो। केसी २०४५ साल तथा बाँकी २०५३ सालमा परिषद् सेवामा प्रवेश गरेका थिए।

राखेपका सदस्य-सचिव रमेशकुमार सिलवालले बिहीवार पत्र हस्तान्तरण गर्दै पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell