PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

प्रदेश १ मा थपिए १७१ संक्रमित, ४३ जना भए संक्रमण मुक्त



फूलमाया पुरी

प्रदेश १ मा थपिए १७१ संक्रमित, ४३ जना भए संक्रमण मुक्त

विराटनगर: प्रदेश १ मा थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेशमा हालसम्मकै सबैभन्दा बढी संक्रमित पछिल्लो २४ घण्टामा पहिचान भएका छन्।

प्रदेश १ मा बिहबार १ हजार १५७ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १/१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्रै पछिल्लो २४ घण्टामा ६५ जनामा संक्रमण देखिएको छ। संक्रमित हुनेमा १५ महिला र ५० पुरुष रहेका छन्। त्यस्तै मोरङको बढीगंगामा ४ महिला र ६ पुरुष, जहदा र कटहरीमा ३/३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १/१ महिला, बेलबारी र ग्रामथानमा १/१ पुरुष र स्थानीयतह नखुलेका १ महिला २ पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

त्यसैगरी सुनसरीको धरानमा ११ महिला र १७ पुरुष, दुहवीमा ३ महिला र १९ पुरुष, इटहरीमा ४ महिला र ७ पुरुष, गढीमा २ पुरुष पनि संक्रमित भएका छन्।

यता झापाको दमकमा ५ महिला र १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुषमा कोरोन संक्रमण देखिएको छ। खोटाङमा भने १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला र २ पुरुषको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ३९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell