PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

बिरामी सुरक्षा दिवसको अवसरमा माइतीघर मण्डलमा दीप प्रज्वलन

बिरामी सुरक्षा दिवसको अवसरमा माइतीघर मण्डलमा दीप प्रज्वलन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको संक्रमणबीच बिहीबार विश्वभर ‘विश्व बिरामी सुरक्षा दिवस’ मनाइयो।

नेपालमा पनि ‘सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी’ भन्ने मूलनाराका साथ एक हप्तासम्म  विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यसै अवसरमा बिहीवार साँझ माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ।

स्वास्थ्यकर्मीको सम्मानमा साथै कोरोना संक्रमणबाट मृत्यु भएका सम्झनामा माइतीघर मण्डलमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले जानकारी दिए।

दीप प्रज्वलन कार्यक्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायत मन्त्रालयका अन्य पदाधिकारी र सर्वसाधरणको उपस्थिति थियो।



ट्रेन्डिङ पोस्ट

Ncell