PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

६ महिनापछि खुल्यो होटल, स्यानिटाइज गरेर यसरी आउँदैछ संचालनमा

६ महिनापछि खुल्यो होटल, स्यानिटाइज गरेर यसरी आउँदैछ संचालनमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले  असोज १ बाट होटल रेष्टुरेन्ट खोल्न दिने निर्णय गर्‍यो। मन्त्रिपरिषदको निर्णय बमोजिम बिहीबारदेखि केही होटल खुले। काठमाडौंमा रहेका अधिकांश तारे होटलहरु पनि संचालनमा आए। लामो समयसम्म बन्द रहेको होटलका कोठाहरु सफा गर्ने, स्यानिटाइज गर्ने लगायतका कामहरु भए।

गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष जीबा लामिछानेसहितको लगानीमा स्थापना भएको होटल अकामा संचालनमा आइसकेको छ। सानिमा ग्रुपका प्रमुख कार्यकारी अधिकृत विनय श्रेष्ठले होटल संचालनमा आइसकेको बताउँदै कर्पोरेट हाउस र होटल क्वारेन्टाइनका लागि इन्क्वाइरी आइरहेको बताए।

यस्तै एयरपोर्ट होटलपनि आजबाट पूर्ण रुपमा संचालनमा आएको छ। होटलमा कोठा बुक गर्नेहरु भएसँगै कर्मचारीहरुले होटल स्यानिटाइज गर्नुका साथै सफा गरिरहेका थिए।  

यता, ठमेलमा रहेको अलफ्ट लकडाउन र निषेधाज्ञाको बेलामा पनि संचालनमा थियो। यो होटलले आगामि फेब्रुअरीका लागि विदेशी पर्यटकको बुकिङ लिन थालिसकेको छ। होटलका महाप्रवन्धक बिक्रम सिंहले फेब्रुअरीका लागि विदेशी पर्यटकको बुकिङ लिइसकिएको र कोभिड संक्रमण कम हुँदै गएमा होटल व्यवसायले गति लिने बताउँछन्। तर अहिले बुकिङका लागि इन्क्वाइरी नआएको उनले बताए।

लाजिम्पाटस्थित साङ्ग्रिला होटलले तत्कालका लागि क्वारेन्टाइन प्रयोजन बाहेक बुकिङ नलिएको संचालक प्रविण बहादुर पाण्डेले बताए। उनले क्वारेन्टाइनका लागि होटल खुलानै रहेको बताउँदै अहिलेनै अरु प्रयोजनका लागि खुला नगरेको जानकारी दिए।

लाजिम्पाटको र्‍याडिसन होटल तीन सातापछि संचालनमा आउने भएको छ। लामो समयदेखि बन्द रहेको कारण होटल सरसफाई र तयारी गर्न तीन साता समय लाग्ने कम्पनीका प्रवन्ध निर्देशक अनिलदास श्रेष्ठले जानकारी दिए।

बिहीबारबाट संचालनमा आएको होटल अकामा र एयरपोर्ट होटलका तस्विरहरु -



ट्रेन्डिङ पोस्ट

Ncell