PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

१ सय ९१ वटा नमुना परीक्षण गर्दा ८ जनामा मात्र कोभिड १९ संक्रमण



पहिलोपोस्ट

१ सय ९१ वटा नमुना परीक्षण गर्दा ८ जनामा मात्र कोभिड १९ संक्रमण

काठमाडौः चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

बिहिवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको थप १ सय ९१ वटा परीक्षणमा ८ जनामा संक्रमण पुष्टी भएको छ। बाँकी १ सय ८३ वटा नमुनामा भने नेगेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी  दिइन।

संक्रमण देखिएकाहरु भरतपुर महानगरपालिका २ जना, खैरहनी नगरपालिका १ जना र राप्ती नगरपालिका ५ जना रहेका छन्।

पछिल्लो समय चितवनमा कोभिड १९ संक्रमणको दर घट्दै गएको देखिएको छ। बुधवार पनि २ सय ९९ वटा नमुना परीक्षण गर्दा ४ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell