PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नेकपा सचिवालय बैठक स्थगित



पहिलोपोस्ट

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं:  आज बिहानको लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

बैठक अशोज ४ गते (आइतवार) बस्नेगरी स्थगित भएको पार्टी केन्द्रीय कार्यालका सचिव ईश्वरी रिजालले जानकारी दिए।  

पहिलोपटक पेरिस डाँडामा बस्ने गरि  आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर तयारी नपुगेका कारण स्थगित भएको जानकारी आएको सचिव रिजालले जानकारी दिए।

बैठकमा पार्टी एकताका बाँकी काम,मन्त्रिमण्डल पुनर्गठन लगायतका विगषयमा छलफल गर्ने एजेण्डा तय भएको थियो।

नेकपाको यस अघिका बैठक बालुवाटारमा बस्ने गरेको भएपनि बुधवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटले पेरिसडाँडामा बस्ने तय गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell