PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

यस्तो छ आज जनकपुर आइपुग्ने नेपालको रेल

यस्तो छ आज जनकपुर आइपुग्ने नेपालको रेल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट आज जनकपुर आइपुग्ने भएको छ। रेल आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो। गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो। यो रेल असोजदेखि संचालनमा ल्याउने तयारी छ।

जनकपुर-जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरेको हो। रेल आइपुगेपछि जयनगरमा राखिनेछ। दिनभर संचालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको भट्टराईले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell