PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइपीएलको पूर्वसन्ध्यामा बदलियो नियम, सहभागी टिमका सबै खेलाडी जान पाउने छैनन् स्टेडियम



पहिलोपोस्ट

आइपीएलको पूर्वसन्ध्यामा बदलियो नियम, सहभागी टिमका सबै खेलाडी जान पाउने छैनन् स्टेडियम

इन्डियन प्रिमियर लिग (आइपीएल) भोलिबाट सुरु हुँदैछ। यसअघि खेलाडीहरु स्टेडियममा जाने विषयलाई लिएर नयाँ नियम बनाइएको बताइएको छ।

यसपटक आइपीएलको इतिहासमा पहिलो पटक यस्तो हुनेछ कि टिमका सबै खेलाडी होटलबाट स्टेडियम जाने छैनन्। सहभागी र छानिएका खेलाडीमात्र स्टेडियम प्रवेश गर्नेछन्। सामाजिक दुरी कायम गर्न भन्दै नयाँ नियम ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सुत्रको हवाला दिँदै भारतीय मिडियाले १७ खेलाडी र १२ कोचिङ सपोर्ट स्टाफ स्टेडियम जानेछन्। त्यस्तै २ वेटर र २ लजिस्टिकसँग सम्बन्धित मानिसहरु हुनेछन्। यी सबै बायोबबलमा रहिरहेका हुनेछन्। हरेक टिममा २० देखि २५ खेलाडीहरु छन्। खेलाडीहरु दुई वटा बसमा स्टेडियममा जानेछन्। जबकी सामन्यत: एउटै बसमा खेलाडीहरु जाने गर्छन्।

‘म्याचको दिन जब टिमहरु स्टेडियम जानेछन् त्यहाँ दुईवटा बसमा १७ खेलाडी र १२ कोचिङ सपोर्ट स्टाफ हुनेछन्। त्यसबाहेक २ वेटर र लजिस्टिकसँग जोडिएका व्यक्तिहरु हुनेछन्। जो बायोबबलमा होटलमा रहेका हुन्छन् उनीहरुमात्रै खेलाडीहरुसँग यात्रा गर्न पाउनेछन्,’ स्रोतलाई उदृत गर्दै न्युज एजेन्सीले लेखेको छ, ‘अबुधावी, सारजाहमा आइपीएलसँग जोडिएको जो कोही व्यक्ति चाहे भारतीय हुन् या विदेशी हरेक ६ दिनमा कोरोना टेस्ट गर्नुपर्नेछ।’

आइपीएल खेल्न युएई पुगेको चेन्नइ सुपरकिंग्सका २ खेलाडी सहित १३ जना र दिल्ली क्यापिटल्सका फिजियोलाई कोरोना संक्रमण पुष्टि भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell