PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ग्राहक बनेर प्रहरी टोली प्याज किन्न गएपछि…



राधेश्याम पटेल

ग्राहक बनेर प्रहरी टोली प्याज किन्न गएपछि…

वीरगंज : प्याजको कालोबजारी गर्ने बाराका एक पसल सञ्चालकलाई प्रहरीले आज पक्राउ गरेको छ।

केही दिनदेखि प्याजको कृत्रिम अभाव देखाई खरीद मुल्यको दोब्बरसम्म बिक्री वितरण गरी कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा चन्दन साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।

प्रहरी टोली कलैया उपमहानगरपालिका वडा नं. १ स्थित रहेको खुशी स्टोरमा ग्राहक बनी प्याज खरीद गर्दा पसले चन्दन साहले प्रति किलो रू. ४३ मा खरीद गरेको प्याज प्रतिकिलो रू ८० मा बिक्री गरेको पाइएपछि स्टोरमा लुकाई राखेको प्रति बोरा १९ किलो भएको १४ बोरा र प्रति बोरा ४ किलो भएको ४ बोरा गरी जम्मा ४ सय ५८ किलो ग्राम प्याज बरामद गरिएको प्रवक्ता मिश्रले जानकारी दिए।

कालोबजारी गर्ने चन्दन साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक छानबिन भइरहेको बारा प्रहरीले जनाएको छ। भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको दाम आकासिँदै गएको छ।

यसैबीच, भन्सार नाकाबाट प्याजको आयात प्रभावित भएपछि भारतीय सीमावर्ती क्षेत्रका व्यवसायी तथा पसलेले क्यारिङमार्फत भारतबाट प्याजको तस्करी गराई नेपाली बजारमा ल्याएर दोब्बर दाममा बेचेर कालोबजारी गर्न थालेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell