PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

नरेन्द्र मोदीले विराट कोहलीलाई भने : तपाईं र अनुश्का असल अभिभावक बन्नु हुनेछ



पहिलोपोस्ट

नरेन्द्र मोदीले विराट कोहलीलाई भने : तपाईं र अनुश्का असल अभिभावक बन्नु हुनेछ

सेप्टेम्बर १७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन थियो। विहीबारदेखि उनी उमेरले ७० वर्ष लागे। जन्मदिनको उपलक्ष्यमा उनलाई आम मानिसदेखि राजनीतिज्ञ एवं कलाकारहरूले शुभकामना व्यक्त गरे। मोदीले व्यक्तिगत् ट्वीटर खातामार्फत् अधिकांशको शुभकामनामा धन्यवाद व्यक्त गरे।

भारतीय क्रिकेटर विराट कोहलीले पनि प्रधानमन्त्रीलाई शुभकामना दिए। उनले लेखेका थिए : आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना।

जवाफमा नरेन्द्र मोदीले धन्यवाद मात्र दिएनन्। विराट र बलिउड अभिनेत्री अनुश्का शर्मालाई बधाई समेत दिए। भने : मलाई थाहा छ तपाईंहरू असल अभिभावक बन्नु हुनेछ।

अगस्ट २७ मा अनुश्काले आफ्नो गर्भावस्था बारे खबर सार्वजनिक गरेकी थिइन्। अनुश्काले सन् २०२१ को जनवरीमा सन्तानलाई जन्म दिने जनाएकी छिन्।

यी दम्पतीले सन् २०१७ को डिसेम्बरमा विवाह गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell