PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

कैलाली एफएमकी पत्रकार निर्मला मृत फेला



एम बम

कैलाली एफएमकी पत्रकार निर्मला मृत फेला
फोटो : श्रवण देउवा

कैलाली  : कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ वर्षीय पत्रकार निर्मला पहराइ शुक्रवार वडा नम्बर ५ मा मृत फेला परेकी हुन्।

प्रहरीले उनी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर ४ की पहराइ जिल्लाको कैलाली एफएममा कार्यरत थिइन्।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले घटनास्थलमा प्रहरी निरीक्षकको टोली खटाइएको बताउँदै थप अनुसन्धान भइरहेको जानकारी दिए।

उनका अनुसार वडा नम्बर ५ मा उनी मृत फेला परेकी हुन्। तीन दिनअघि घरबाट सुख्खड जान्छु भनी हिँडेकी उनी त्यसयता सम्पर्क विहीन थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell