PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

कालीमाटी प्रहरी वृत्तबाट ४ जना थुनुवा फरार



पहिलोपोस्ट

कालीमाटी प्रहरी वृत्तबाट ४ जना थुनुवा फरार

काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीबाट ४ जना थुनुवा फरार भएका छन्। बिहीवार राति शंकास्पद अवस्थामा बाटोमा हिँडेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरुमाथि अनुसन्धान भइरहँदा प्रहरी वृत्तबाटै फरार भएका हुन्। कोरोना संक्रमण फैलनसक्ने भन्दै प्रहरीले ती चारजनालाई हिरासत बाहिर राखेको थियो।

प्रहरी कार्यालय भित्रै रहेका उनीहरुले ड्युटीमा रहेका प्रहरीलाई छलेर फरार भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए। उनीहरुको खोजी कार्य भइरहेको एसपी राठौरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell