PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

प्रदेश १ मा १ सय ६६ जना संक्रमित थपिए, १ सय ९२ जना भए डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा १ सय ६६ जना संक्रमित थपिए, १ सय ९२ जना भए डिस्चार्ज

विराटनगर : प्रदेश १ मा शुक्रवार १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार ५७ महिला र १ सय ९ पुरुष संक्रमित थपिएका हुन्।

प्रदेश १ को मोरङमा मात्र १ सय जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विराटनगरमा शुक्रवार ५८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २५ महिला र ३३ पुरुष रहेका छन्। त्यस्तै, मोरङकै कटहरीमा ७ महिला र ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला र ३ पुरुष, जहदामा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १र१ महिला, ग्रामथान र सुन्दरहरैचामा १/१ पुरुष र स्थानीय तह नखुलेका ३ महिला र ६ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको ईटहरीमा ७ महिला र २५ पुरुष, बराहक्षेत्रमा २ महिला र १० पुरुष, धरानमा १ महिला र ८ पुरुष, इनरुवामा १ महिला र १ पुरुष, हरिनगरमा १ महिला पनि आजै संक्रमित भएका छन्।

यता, झापाको शिवसताक्षीमा ३ महिला र ४ पुरुष तथा कनकाईमा १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। उदयपुरको त्रियुगामा १ पुरुष र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्मको कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३७ पुगेको छ। प्रदेश १ मा आज १ सय ९२ जना डिस्चार्ज भएका छन्।

आज होमआइसोलेसनबाट मात्र १ सय २७ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै,  कोभिड १९ आइसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धानजन आइसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १० जना डिस्चार्ज भएका छन्।

त्यसैगरी, मेची अस्पताल झापाबाट ४, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि जेनरल अस्पताल हरिनगर सुनसरी र मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १/१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ४ सय ३२ पुगेको छ।

प्रदेश १ मा शुक्रवार ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ५७ महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख १३ हजार ८ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell