PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

तस्विरमा वाग्मतीमा विश्वकर्मा विसर्जन

तस्विरमा वाग्मतीमा विश्वकर्मा विसर्जन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विश्वकर्माको पूजा गरि आज मूर्तिलाई वाग्मती नदीमा विर्सजन गरिएको छ। असोज १ गते श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा गरिएको थियो।

विश्वकर्मा पूजा गरेको भोलिपल्ट नदीमा लगेर मूर्तिलाई विसर्जन गर्ने परम्परा रहेको छ।

यसपटक कोरोना संक्रमणका कारण विश्वकर्मा पूजा समेत प्रभावित बन्यो। आजको दिन सयौं मूर्तिहरुलाई वाग्मतीमा विसर्जन गर्ने गरिन्थ्यो। तर यसपटक थोरै संख्यामा मात्रै मानिसहरुले मूर्ति स्थापना गरेकाले विर्सजनमा पहिला जस्तै रौनकता देखिएन।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell