PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

धरान उपमहानगरले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा



रासस

धरान उपमहानगरले शुरु गर्‍यो अनलाइन कर भुक्तानी सेवा
Photo: greatfallsmt.net

धरान : धरान उपमहानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने उपमहानगरपालिकाले जनाएको छ।

शुक्रवारदेखि पूर्णरुपमा काम शुरु भएको उपमहानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए। बिहीवार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरिएको थियो। उपमहानगरपालिकामा जनता आफै उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन सेवा शुरु गरिएको उपप्मुख भण्डारीले बताए।

कर तिर्नका लागि नाम टिपाएपछि उपमहानगरले युजर र पासवर्ड वितरण गर्नेछ। त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपीएसका माध्यमबाट वा ईसेवा वालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सकिने सूचना अधिकृत खतिवडाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell