PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

नारायणी नदीमा दाउरा झिक्न जाँदा नवलपुरमा बाबु-छोरी बेपत्ता



रासस

नारायणी नदीमा दाउरा झिक्न जाँदा नवलपुरमा बाबु-छोरी बेपत्ता

कावासोती : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका-१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनका १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन्।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा शुक्रवार बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले  बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए। बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell