PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

ऊर्जामन्त्री पुनको पीएसओलाई कोरोना संक्रमण



पहिलोपोस्ट

ऊर्जामन्त्री पुनको पीएसओलाई कोरोना संक्रमण

काठमाडौं : उर्जामन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका एक पीएसओलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री पुन, सचिवालयका सदस्य र सुरक्षामा खटिएका सुरक्षाकर्मीको परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो।

पुन, परिवारका सदस्य र सचिवालय सदस्य गरी ३० जनाको परीक्षण गरिएको थियो। मन्त्री पुनसहित अन्य सचिवालय सदस्यको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

नतिजा नेगेटिभ आए पनि मन्त्री पुन भने होम आइसोलेसनमा बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell