PahiloPost

Nov 27, 2024 | १२ मंसिर २०८१

विराटनगरमा मोबाइल स्वाब भेहिकलमार्फत पीसीआर परीक्षण गरिने 



फूलमाया पुरी

विराटनगरमा मोबाइल स्वाब भेहिकलमार्फत पीसीआर परीक्षण गरिने 

विराटनगर : विराटनगर महानगरमा मोबाइल स्वाब भेहिकलबाट पीसीआर परीक्षण हुने भएको छ। स्थानीय स्रोतसाधनबाट अत्याधुनिक र सुविधासम्पन्न मोबाइल स्वाब भेहिकल निर्माण गरी उक्त सेवा प्रवाह गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

विराटनगर महानगरपालिका र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा स्वाब भेहिकल निर्माण भएको महानगर प्रमुख भीम पराजुलीले बताए।

महानगरपालिकाका अनुसार नेपालकै पहिलो गाडी उत्पादन कर्ता हुलास कम्पनीले ४ लाख लागतमा मोबाइल स्वाब भेहिकलको निर्माण गरेको हो। भेहिकलमा सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने र वातानुकुलित व्यवस्था मिलाइएको छ। यसमा पीसीआर र आरडीटी गर्न अत्यन्त सहज हुने बताइएको छ।

रोटरी क्लब अफ विराटनगरले जिम्मेवारी लिएर बनाइएको उक्त मोबाइल स्वाब भेहिकल शुक्रबार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको छ। स्वाब भेनको साँचो बुझ्दै मेयर पराजुलीले मोबाइल स्वाब भेहिकलबाट विराटनगरका वृद्ध, बालबालिका, अपाङ्ग तथा सुत्केरीहरुलाई सेवा दिइने उद्घोष गरेका छन्।

मेयर पराजुलीले शनिबारबाटै विराटनगरमा सेवा प्रवाह गर्न मातहतका शाखालाई निर्देशन पनि दिएका छन्। मोबाइल स्वाब भेहिकल आएसंगै सेवा लिन नसक्ने वर्ग लाभान्वित हुने स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। सेवा प्रवाहमा कुनै कसर बाँकी नराखिने उनको दावी छ।

उक्त मोबाइल स्वाब भेहिकल निर्माणका क्रममा विराटनगर महानगरका सामुदायिक विकास महाशाखा प्रमुख पुनम दाहाल, डा प्रज्वल खतिवडाको प्राविधिक पाटोमा सहयोग रहेको महानगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell