PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कञ्चनपुरको बेलौरी नगरपालिकामा सशस्त्र प्रहरीको १४ औं बीओपी, आज गरियो उद्घाटन



रासस

कञ्चनपुरको बेलौरी नगरपालिकामा सशस्त्र प्रहरीको १४ औं बीओपी, आज गरियो उद्घाटन
फोटो : रासस।

कञ्चनपुर : बेलौरी नगरपालिका-८ पचुँईमा शुक्रवार सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोस्ट (बीओपी)को उद्घाटन गरिएको छ। सशस्त्र प्रहरीको अत्तरिया स्थित नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोस्टको उद्घाटन गरेका हुन्।

पोस्टको उद्घाटन गर्दै उनले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए।

‘सीमा अपराध रोक्नका लागि प्रभावकारी रुपमा कार्य गर्न कटिबद्ध हुनुपर्छ’, उनले भने, ‘यसका लागि २४ सै घण्टा नसुतेर सुरक्षा गर्न सधैं तत्पर हुनुपर्छ।’

उद्घाटन गरिएको बोर्डर आउट पोस्टमा सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्कीको कमाण्डमा ३५ जनाको टोलीलाई खटाइएको छ। यहाँको भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १४ बीओपी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell