PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

गनब्रीको ह्याट्रिकमा बायर्नको ८ गोलको फराकिलो जित



पहिलोपोस्ट

गनब्रीको ह्याट्रिकमा बायर्नको ८ गोलको फराकिलो जित

बुण्डेसलिगा अन्तर्गत गएराति भएको उद्घाटन खेलमा साविक विजेता बायर्न म्युनिखले शाल्केमाथि ८-० को फराकिलो जित निकालेको छ। एलिनाज एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीले शाल्केलाई फराकिलो अन्तरले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।

बायर्नको जितमा सर्ज गनब्रीले ह्याट्रिक गर्दा लियोन गोरेटज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लेरोए साने र जमल मुसिआलाले १/१ गोल गरे।

गनब्रीको गोलमा बायर्नले खेलको चौथो मिनेटमै अग्रता बनाएको थियो। त्यस्तै थोमस मुलरको पासमा १९ औं मिनेट गोरेट्ज्काले दोस्रो गोल थपे। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लेवान्डोस्कीले ३१ औं मिनेटमा गोल गरे। पहिलो हाफमा बायर्न ३ गोलले अघि रह्यो।

दोस्रो हाफमा बायर्न अझ आक्रामक देखियो। खेलको ४७ औं र ५९ औं मिनेटमा सानेको पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे। त्यस्तै ६९ औं मिनेटमा लेवान्डोस्कीको पासमा मुलरले गोल थपे। म्यानचेस्टर सिटीबाट ४४.७ मिलियन पाउन्डमा बायर्न पुगेका लोरोए सानेले डेभ्यु खेलको ७१ औं मिनेटमा गोल गरे। त्यस्तै १७ वर्षे मुसिआलाले लेवान्डोस्कीको पासमा गोल गर्दा बायर्नले शाल्केमाथि ८-० को फराकिलो जित निकालेको हो।

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख पछिल्ला तीस खेलमा अपराजित छ। बीचमा बायर्नले एउटा खेल बराबरी खेलेको थियो। अर्कोतर्फ शाल्के भने पछिल्ला ९ खेलमध्ये ७ खेलमा पराजय भोगेको छ।

८-० को  यो जित बुन्डेसलिगाको उद्घाटन खेलमा भएको सबैभन्दा फराकिलो जित हो।

अघिल्लो सिजब बायर्नले बुन्डेसलिगा, जर्मन क्लब र च्याम्पियन्स लिग जित्दै ट्रिबल पुरा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell