PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आजबाट आईपीएल सुरु: आज मुम्बइ इण्डियन्स र चेन्नइ सुपरकिंग्स भिड्दै



पहिलोपोस्ट

आजबाट आईपीएल सुरु: आज मुम्बइ इण्डियन्स र चेन्नइ सुपरकिंग्स भिड्दै

आजबाट युएईमा इण्डियन प्रिमियर लिग (आईपीएल) को १३ औं सिजन सुरु हुँदैछ। आज पहिलो म्याच डिफेन्डिङ च्याम्पियन मुम्बइ इन्डियन्स र चेन्नइ सुपर किंग्सबीच अबुधावीमा हुनेछ। आईपीएलको इतिहासमा यी दुई टोलीले चौथो पटक ओपनिङ म्याच खेल्दैछन्। पछिल्लो पटकको ओपनिङ म्याचमा सन् २०१८ मा चेन्नइले मुम्बइमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो।

१० नोभेम्बरमा फाइनल खेल हुने गरी ८ टिमले १४/१४ म्याच खेल्नेछन्। टुर्नामेन्टमा एक एलिमिनेटर, दुई क्वालिफायर र फाइनल समेत कुल ६० खेल हुनेछ। प्रतिस्पर्धाहरु दुबई, अबुधाबी र शारजाहमा हुनेछन्। आजको खेलसँगै मुम्बइ सबैभन्दा धेरै ओपनिङ म्याच खेल्ने टिम बन्नेछ।

कागची रुपमा हेर्नेहो भने मुम्बइ बलियो टिमका रुपमा देखिन्छ। यसमा रोहित शर्माबाहेक हार्दिक पाण्ड्या, क्रुणाल पाण्ड्या, किरोन पोलार्ड, डेथ ओभर स्पेसलिस्ट जसप्रित बुमराह लगायतका खेलाडीहरु छन्। अर्कोतर्फ चेन्नइमा बढी उमेरका चर्चित खेलाडीहरु छन्। कप्तान महेन्द्रसिंह धोनी लगायत शेन वाटसन, ड्वेन ब्राभो, फाफ डुप्लेसिस, रबीन्द्र जडेजा लगायता खेलाडीहरुको प्रदर्शनमा चेन्नइको खेल निर्भर रहने देखिन्छ्।

चेन्नइलाई बायाँहाते ब्याट्सम्यान शुरेश रैनाको कमी रहनेछ भने मुम्बइमा लाथिस मालिङ्गाको अभाव खड्कन सक्छ।

युएईमा मुम्बइको खराब रेकर्ड

कोरोना महामारीका कारण यसपटक आईपीएलका सबै खेल युएईमा हुँदै छन्। डिफेन्डिङ च्याम्पियन मुम्बइले अघिल्लो सिजनको फाइनलमा चेन्नइलाई १ रनले हराउँदै उपाधि जितेको थियो। यद्यपि युएईमा मुम्बइको रेकर्ड भनेर राम्रो छैन। सन् २०१४ मा लोकसभा चुनावका कारण युएईमा खेलाइएको खेलमा मुम्बइले ५ खेल खेल्दा सबै खेलमा पराजय भोगेको थियो। अर्कोतर्फ चेन्नइले ५ खेल खेलेकोमा ४ जित र १ हार ब्यहोरेको थियो।

चेन्नइ र मुम्बइबीचको खेल आज साँझ ७: ४५ मा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell