PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

गण्डकी प्रदेशमा थप १५ जनामा कोभिड १९ संक्रमण, संक्रमितको सङख्या ३ हजार ३ सय ५१



पहिलोपोस्ट

 गण्डकी प्रदेशमा थप १५ जनामा कोभिड १९ संक्रमण, संक्रमितको सङख्या ३ हजार ३ सय ५१

काठमाडौंः गण्डकी प्रदेशमा थप १५ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। 
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप १५ जना कोभिड पोजेटीभ देखिएको हो। नवलपरासी (ब.सु.पू)मा ११ जना, पर्वतमा २ जना,स्याङजामा १ जना र पर्वतमा १ जनामा कोभिड १९ संक्रमण देखिएको हो।
पर्बतको, कुश्मा नगरपालिकाका ३५ वर्षीय पुरुष नेपाल सेनामा कार्यरत हुन्। त्यस्तै हुप्सेकोट-५ का ३७ बर्षीय महिला स्वास्थ्य स्वयंसेविका भएको गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिए। सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ।
यो सँगै गण्डकी प्रदेशमा संक्रमितको सङख्या ३ हजार ३ सय ५१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell