PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ललितपुरमा तीन महिलासहित चार जना कोभिड-१९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

ललितपुरमा तीन महिलासहित चार जना  कोभिड-१९ संक्रमितको मृत्यु
File Photo

काठमाडौं : पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

मृत्यु हुनेमध्ये सर्लाहीका ६० वर्षका पुरुष छन्। पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका उनको शुक्रवार मृत्यु भएको हो। त्यस्तै मृत्यु हुनेमा ललितपुरका २ महिला छन्। उनीहरु दुबैको पाटन अस्पतालमा मृत्यु भएको हो।

जसमध्ये भदौ २० गते उपचारका लागि भर्ना भएकी ७६ वर्षकी महिला र भदौ २५ गते उपचारका लागि भर्ना भएकी ६८ वर्षकी महिला छन्। उनीहरुको पनि शुक्रवार नै मृत्यु भएको हो।

त्यस्तै भक्तपुरकी ९० वर्षकी महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ। ललितपुरको मेघा अस्पतालमा उपचारका लागि असोज १ गते भर्ना भएकी उनको शनिवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell