PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

चितवनमा कोभिड १९ संक्रमित महिलाको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित महिलाको मृत्यु

काठमाडौः चितवनमा आज थप एक कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा रौतहट चन्द्रपुर नगरपालिका–९ की  ५१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। 

उनका अनुसार निमोनिया तथा शरीरमा अक्सिजनको कमि भई भदौ २८ गते महिला अस्पतालमा भर्ना भएकी थिइन्। उनमा २९ गते कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको थियो। कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनकोे आज शनिवार बिहान ६ बजे मृत्यु भएको लमस्सालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell